उपभोक्ता निचोर्ने इन्टरनेटको जालो

  • मङगलबार १८ कात्िक २०८३ ०७:०० AM
एउटा समय थियो, गाँस, बास र कपासको सुनिश्चितामा मात्रै ध्यान हुन्थ्यो। अहिले भने इन्टरनेटको पहुँच पनि आधारभूत आवश्यकता भइसकेको छ। २१औं शताब्दीको अत्याधुनिक यो समय इन्टरनेटबिना ‘अन्धकारमय’ हुन्छ। कति भने इन्टरनेटमा पहुँच नहुनु चाहिँ गरिबीको सूचक बन्न थालिसक्यो।इन्टरनेट सामान्य सूचना, सञ्चार र मनोरञ्जनका प्लेटफर्मका लागि सीमित छैन। ठूलाठूला कर्पाेरेट व्यापारका लागि मात्रै होइन, कुनाकन्दरामा बसेर पनि व्यापार व्यवसाय गर्न इन्टरनेट नभई नहुने भएको छ। पृथ्वीका कुनाकाप्चामा पनि इन्टरनेट पुर्&