काठ्माण्डौँ : इन्डोनेसियाका कालिमन्तान, पपुवा र सुमात्रा क्षेत्रमा लागेको डढेलोबाट निस्किएको विषाक्त धुवाँ छिमेकी देशसम्म फैलिँदा दक्षिणपूर्वी एसियाका विभिन्न मुलुक प्रभावित भएका छन् । सिंगापुर र मलेसियासम्म फैलिएको धुवाँका कारण पछिल्ला केही सातादेखि श्वासप्रश्वाससम्बन्धी समस्या र टाउको दुख्नेजस्ता स्वास्थ्य समस्या देखिएका छन् ।धुवाँको प्रभावले जनस्वास्थ्यमा समस्या बढेसँगै छिमेकी देशका सरकारमाथि आफ्ना नागरिकको असन्तुष्टि सम्बोधन गर्नुपर्ने दबाब परेको बिबिसिले जनाएको छ । तर, इन्डोनेसियासँगको कूटन