काठ्माण्डौँ : भारतको पूर्वी तटतर्फ एक साताभन्दा कम अवधिमा दोस्रो चक्रवात अघि बढेपछि आन्ध्र प्रदेश र तमिलनाडुमा भारी वर्षाको चेतावनी जारी गरिएको छ ।भारतको मौसम विज्ञान विभागका अनुसार ‘मुरासु’ नामक चक्रवात सोमबार मध्यरात वा मंगलबार बिहान तटीय क्षेत्रमा प्रवेश गर्ने अनुमान गरिएको छ ।चक्रवातले दक्षिणी आन्ध्र प्रदेशको तट पार गर्ने क्रममा प्रतिघण्टा १०० देखि ११० किलोमिटरको गतिमा हावा चल्ने र अधिकतम गति १२० किलोमिटर प्रतिघण्टासम्म पुग्न सक्ने विभागले जनाएको छ । यो आँधी नेल्लोर र नरसापुरबीच