युक्रेनमा रुसी हवाई आक्रमण : सहायता वितरण केन्द्रमा २४ जनाको मृत्यु

  • मङगलबार १८ कात्िक २०८३ ०१:०० AM
काठमाडौं : युक्रेनको दक्षिणी जापोरिजिया क्षेत्रमा रुसी हवाई आक्रमणमा परी कम्तीमा २४ जनाको मृत्यु भएको छ । आक्रमणमा पाँच जना घाइते भएका छन् भने केही व्यक्ति भग्नावशेषमा पुरिएको आशंका गरिएको छ ।क्षेत्रीय प्रमुख मिखाइलो सेमिकिनका अनुसार सोमबार कोमिशुभाखा गाउँस्थित मानवीय सहायता वितरण केन्द्रमा कम्तीमा नौवटा तीन हजार किलोग्रामका हवाई बम प्रहार गरिएको थियो ।युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले स्थानीय विद्यालयमा पहिलो आक्रमण भएपछि मानिसहरू आश्रय लिएर बसेको स्थानमा दोस्रो आक्रमण गरिएको बताएका छन