रास्वपाका सभापति लामिछानेले भेटे चिनियाँ राजदूत

काठमाडौँ । पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत छन् सोङ्बीच भेटवार्ता भएको छ।

बिहीबार बिहान उनीहरुबीच  भेटवार्ता भएको रास्वपा केन्द्रीय कार्यालयले जनाएको छ। भेटवार्तामा तीन दिने दबाब यात्रा पूर्व-पश्चिम  राजमार्गअन्तर्गत नारायणगढ-बुटवल सडक खण्डको स्तरोन्नतिमा भइरहेको विलम्ब र अहिले यात्रा क्रममा नागरिकले खेप्नु परेको सास्तीबारे सरकारको ध्यानाकर्षण गराउने कार्यक्रमको विषयमा कुराकानी भएको थियो ।

आयोजना छिटो सम्पन्न गर्न आफ्नो तर्फबाट आवश्यक पहल गर्ने राजदूत सोङले प्रतिबद्धता जनाएका थिए। भेटवार्तामा पार्टीका अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल, प्रतिनिधि सभा सदस्य निशा डाँगीलगायत पनि सहभागी थिए।