माओवादी केन्द्रद्धारा स्थायी कमिटी बैठक आव्हान, यी हुन छलफलको एजेन्डा !

काठमाडौँ । नेकपा माओवादी केन्द्रले स्थायी कमिटीको बैठक आब्हान गरेको छ । बैठक आगामी शनिबार बिहान ११ बजे  पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने कोषाध्यक्ष तथा कार्यलयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए ।

बैठकमा विधान संशोधनका विषयमा छलफल हुने ढकालले बताए । उनको अनुसार बैठकले विधान सम्मेलनको मिति तय गर्ने छ । माओवादीले फागुन पहिलो साता विधान सम्मेलन गर्ने निर्णय गरेकको छ । तर, मिति तोक्न बाँकी छ ।

पार्टीले चार महिनासम्म चलाएको रूपान्तरण अभियानको समीक्षा गर्ने एजेन्डा स्थायी कमिटी बैठकको छ । माओवादीले विधान संशोधनका लागि उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा विधान मस्यौदा समिति गठन गरेको थियो मस्यौदा समितिका सदस्य तथा उपमहासचिव गिरिराजमणि पोखरेलका अनुसार केन्द्रीय कमिटीको आकार घटाएर १५१ सदस्यीय बनाउने प्रस्ताव पेस गरिने छ । केन्द्रीय कमिटीको आकार ९९ सदस्यीय बनाउन पनि सुझाव आएको छ ।