काठमाण्डु– भूमिसुधार तथा मालपोत कार्यालयमा कार्यरत यदुनाथ आचार्यले आफ्नो आम्दानीभन्दा झण्डै १० करोड रुपैयाँ बढी सम्पत्ति आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगका अनुसार आचार्यले आफ्नो सरकारी सेवाको अवधिमा ९ करोड ७२ लाख ७१ हजार ९८९ रुपैयाँ ८३ पैसा बराबरको गैरकानूनी सम्पत्ति आर्जन गरेको देखिएको छ। गैरकानूनी