सुनकोशी–मरिणको ठेक्का प्रक्रिया तत्काल अघि बढाउन प्रधानमन्त्री कार्यालयको निर्देशन

  • सोमबार १७ कात्िक २०८३ ०९:१० PM
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का प्रक्रिया संशोधित ऐन तथा नियमावलीअनुसार तत्काल अघि बढाउन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई निर्देशन दिएको छ । सोमबार बिहान ११ बजे सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको बैठकमा राष्ट्रिय गौरवको उक्त आयोजनाको ठेक्का प्रक्रिया अघि बढाउन निर्देशन दिइएको हो । बैठकमा मन्त्रालयले आयोजना निर्धारित समयमै सम्पन्न गर्न आवश्यक प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएको छ । बैठकमा मन्त्रालयका सचिव डा