बम्जनलाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत सर्लाहीको आदेश

काठमाडौँ । जिल्ला अदालत सर्लाहीले तपस्वी भनिने रामबहादुर बम्जनलाई पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको छ ।

बम्जनविरुद्ध आफ्ना अनुयायीहरुलाई बेपत्ता, हत्या र यौन शोषण गरेको अभियोगमा सर्लाही जिल्ला अदालतमा उजुरी परेको थियो । सर्लाही जिल्ला अदालतमा पेस गरिएको उजुरीको सुनुवाईपछि उनलाई थुनामा पठाउन आदेश गरिएको हो ।

न्यायाधीश विष्णु रेग्मीको ईजलासमा भएको थुनछेक बहसपछि थुनामा पठाउने आदेश भएको जिल्ला अदालतका श्रेस्तेदार सदन अधिकारीले जानकारी दिए । बम्जनलाई मंगलबार नेपाल प्रहरीको केन्दीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको थियो ।