काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालले २०८२ चैत १३ देखि २०८३ कात्तिक १२ गतेसम्म सीमा क्षेत्रबाट एक अर्ब ३३ करोड २६ लाख ९१ हजार ५९९ रुपैयाँ बराबरको अवैध सामग्री बरामद गरेको छ । सीमा क्षेत्रमा निगरानी र सुरक्षा व्यवस्था कडा बनाउने सरकारको नीतिअनुसार अवैध सामान ओसारपसार, लागूऔषध कारोबार, हातहतियार तस्करी तथा अन्य आपराधिक गतिविधिविरुद्ध कारबाही तीव्र पारिएको छ । प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएदेखि उक्त अवधिसम्म १७ नाल अवैध हातहतियार बरामद भएका छन् भने आठ जना पक्राउ परेका छन् । लागूऔषध कारोबारमा संलग्न ४२१ जना पक्राउ परेका छन् । उनीहरूबाट गाँजा, चरेस, अफिम, खैरो हेरोइन, ट्याब्लेट तथा इन्जेक्सनलगायत लागूऔषध बरामद गरिएको छ । त्यस्तै, मानव बेचबिखन तथा ओसारपसारको जोखिममा परेका १६७ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये ११८ जना बालबालिका छन् । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा ९१ जना पक्राउ परेका छन् । सीमा अतिक्रमण नियन्त्रणका क्रममा दशगजाका ३५ स्थानमा रहेका २३७ संरचना हटाइएका छन् । साथै, १७ स्थानको ७