सुनकोशी-मरिण डाइभर्सन आयोजनाको ठेक्का संशोधित ऐनअनुसार तत्काल सुरु गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन

  • सोमबार १७ कात्िक २०८३ १०:०० PM
काठमाडौं : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुनकोशी-मरिण डाइभर्सन बहुउद्देश्यीय राष्ट्रिय गौरवको आयोजनाको ठेक्का प्रक्रिया संशोधित ऐन तथा नियमावलीअनुसार तत्काल सुरु गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई निर्देशन दिएको छ।सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बिहान बसेको बैठकमा उक्त निर्देशन दिइएको हो। बैठकमा मन्त्रालयले राष्ट्रिय गौरवको आयोजनालाई निर्धारित समयमै सम्पन्न गर्न आवश्यक प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएको छ।सरकारले यसअघि राष्ट्रिय गौरवको