काठमाण्डु– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपाल भ्रमणमा रहेका स्वीट्जरल्याण्डको राष्ट्रिय परिषद्का अध्यक्ष पियरे आन्द्रे पेजले शिष्टाचार भेट गरेका छन्। सिंहदरबारमा भएको भेटमा दुई देशबीचको संसदीय सम्बन्ध विस्तार, जलवायु परिवर्तन, विकास सहकार्य तथा आपसी हितका विषयमा छलफल भएको छ। भेटमा अध्यक्ष दाहालले प्रत्यक्ष लोकतन्त्र र सङ्घीयताको अभ्यासमा स्वीट्जरल्याण्डको अनुभव नेपालका लागि उपयोगी हुने बताउँदै संसदीय अभ्यास,