तम्घासबाट बुटवलतर्फ जाँदै गरेको जीप दुर्घटना

काठमाडौँ । पाल्पामा सुन्तला बोकेर बुटवलतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ ।

आज बिहान पाल्पाको तानसेन नगरपालिका –१ गोर्खेकोटमा बाग्मती प्रदेश ०३ –००१ च ०३०३ नम्बरको पिकअप गाडी दुर्घटना भएको पाल्पाका प्रहरी प्रमुख हेरम्ब शर्माले जानकारी दिए ।

गाडी सडकबाट ५० मिटर तल खसेर दुर्घटना भएको छ । जिपमा चालक र सहचालक मात्र सवार थिए । उनीहरुको अवस्था सामान्य रहेको छ ।
दुर्घटना के कारणले भएको भन्ने बारे खुल्न सकेको छैन भने थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।