काठमाडौँ। रसुवाका बाढी प्रभावित समुदायको पुनर्लाभ तथा पुनर्स्थापनाका लागि कालिका गाउँपालिका र नेपाल रेडक्रस सोसाइटी रसुवा जिल्ला शाखाबीच सम्झौता भएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालय भ्रमण गरेका अवसरमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा गाउँपालिकाका अध्यक्ष हरिकृष्ण देवकोटा र रेडक्रस रसुवा शाखाका उपसभापति नीलकण्ठ आचार्यले हस्ताक्षर गरे । सम्झौताअनुसार बाढी प्रभावित परिवारको तत्कालीन आवश्यकता सम्बोधनसँगै स्वास्थ्य, खानेपानी, सरसफाइ तथा स्वच्छता, आवास, जीविकोपार्जन पुनर्स्थापना, नगद सहायता र विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा सहकार्य गरिनेछ । प्रभावित परिवारलाई बहुउद्देश्यीय नगद सहायता, जीविकोपार्जन पुनर्स्थापनाका लागि सहयोग, अस्थायी आवास तथा घरभाडा सहायता उपलब्ध गराउने योजना सम्झौतामा समेटिएको छ । बाढीमा मृत्यु भएका वा बेपत्ता व्यक्तिका परिवारलाई पनि निर्धारित मापदण्डअनुसार सहयोग उपलब्ध गराइनेछ । भ्रमणका क्रममा मुख्यमन्त्री थापाले रेडक्रससँगको आफ्नो पुरानो सम्बन्ध स्मरण गर्दै मानवीय सेवामा संस्थाले पुर्याएको योगदानको प्रशंसा गरे । आफ्नो कर्मजीवनको प्रारम्भिक यात्रा रेडक्रसबाटै सुरु भएको उल्लेख गर्दै उनले संस्थामा संलग्न हुँदा हासिल गरेका नेतृत्व विकास, जनसम्पर्क, प्राथमिक उपचार र प्रकोप व्यवस्थापनसम्बन्धी सीप जीवनमा उपयोगी भएको बताए । थापाले आगामी दिनमा पनि व्यक्तिगत तथा प्रदेश सरकारका तर्फबाट रेडक्रससँग आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे । रेडक्रसका अध्यक्ष डा