कांग्रेस देउवा पक्षको दाङ जिल्ला सभापतिमा गोपालराज शर्मा

  • सोमबार १७ कात्िक २०८३ ०९:०० PM
दाङ : नेपाली कांग्रेस संस्थापनइत्तर (देउवा) पक्षको जिल्ला अधिवेशन सम्पन्न भएको छ। दुई दिनसम्म सञ्चालन भएको जिल्ला अधिवेशनले गोपालराज शर्माको सभापतित्वमा सर्वसम्मत नयाँ जिल्ला कार्यसमिति चयन गरेको छ। अधिवेशनले २६ सदस्यीय समिति निर्वाचित गरेको हाे। समितिको जिल्ला उपसभापतिमा भगवानदास यादव र सुरेन्द्र खड्का, सचिवमा पूर्ण मल्ल र गेहेन्द्र वली तथा सहसचिवमा रामबहादुर केसी र अनिता विक चयन भएका छन्। जिल्ला अधिवेशनको उद्घाटन नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश संयोजक गेहेन्द्र