काठमाडौं : भारतीय उपमहाद्वीपमा मेजरिंग टुल्स उत्पादन गर्ने अग्रणी तथा सबैभन्दा ठूला उत्पादकमध्ये एक फ्रीमांसले चर्चित नेपाली क्रिकेटर दीपेन्द्र सिंह ऐरीलाई नेपाली मार्केटका लागि आफ्नो ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ।यो सहकार्य फ्रीमांसको नेपाल आगमनको एक महत्त्वपूर्ण उपलब्धि हो। यससँगै ब्रान्डले नेपालमा आफ्नो उपस्थिति थप बलियो बनाउँदै नेपाली मार्केटमा अग्रणी ब्रान्डका रूपमा स्थापित हुने लक्ष्य लिएको छ। यस साझेदारीमार्फत फ्रीमांसले नेपाली उपभोक्ता, खुद्रा विक्रेता तथा च्यानल पार्टनरहरूसँगको सम्बन