काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल) को तेस्रो संस्करणको ११ औं खेलमा चितवन राइनोजलाई ५ विकेटले हराउँदै सुदूरपश्चिम रोयल्सले प्रतियोगितामा दोस्रो जित दर्ता गरेको छ। कीर्तिपुरस्थित त्रिवी क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको चितवन राइनोजले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२९ रन बनाएको थियो। चितवन राइनोजले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिम रोयल्सले १६.४ ओभरमा ५ विकेटको क्षतीमा १३१ रन सहित लक्ष्य पूरा गरेको हो। सुदूरपश्चिम रोयल्सले पावरप्लेमा निकै राम्रो सुरु