पाँच सातादेखि खत्याड–रारा सडक अवरुद्ध, यातायात ठप्प हुँदा मुगुका स्थानीयलाई सास्ती

  • सोमबार १७ कात्िक २०८३ ०२:१२ PM
मुगु : मुगुको पश्चिम क्षेत्रमा पर्ने खत्याड गाउँपालिकास्थित झुगला–रारा–गमगढी सडकखण्ड पाँच सातादेखि अवरुद्ध हुँदा स्थानीयवासी तथा यात्रुले सास्ती खेप्नुपरेको छ । खत्याड गाउँपालिका–८, नुवाखेतमा लगातार सुक्खा पहिरो खस्न थालेपछि उक्त सडक पूर्ण रूपमा बन्द भएको हो