काठमाण्डु– सुदूरपश्चिम रोयल्सविरुद्ध चितवन राइनोजले जितका लागि १३० रनको लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२९ रन बनाएको हो। चितवनका लागि रवि बोपाराले सर्वाधिक ४९ रन बनाए। चौथो नम्बरमा ब्याटिङ गर्न आएका उनले ४० बलमा ३ चौका र २ छक्का प्रहार