हिमाली क्षेत्रमा पूर्वसूचना प्रणाली विकास गर्न नेपालसँग सहकार्य गर्न स्विट्जरल्यान्ड तयार

  • सोमबार १७ कात्िक २०८३ ०१:३४ PM
काठमाण्डु– राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तन तथा हिमाली क्षेत्रका वातावरणीय समस्या समाधानमा स्विट्जरल्यान्डसँग सहकार्य गर्न नेपाल इच्छुक रहेको बताएका छन् । नेपाल भ्रमणमा रहेको स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष पियरे आन्द्रे पेजको प्रतिनिधिमण्डलसँग राष्ट्रपति भवन शीतल निवासमा आज भएको शिष्टाचार भेटमा राष्ट्रपति पौडेलले जलवायु परिवर्तनबाट सिर्जित असर समाधानमा नेपाल सहकार्य गर्न तयार रहेको उल्लेख गरे ।