काठमाडौं : नेपाली कांग्रेसले १५औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको विवरण अध्यावधिकका लागि निर्वाचन आयोगमा पेस गरेको छ।सोमबार महामन्त्री प्रदीप पौडेल नेतृत्वको टोलीले निर्वाचन आयोगमा पुगेर प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीको उपस्थितिमा आयोगका सचिव कृष्णप्रसाद काप्रीलाई राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार केन्द्रीय कार्यसमितिको अध्यावधिक विवरण बुझाएको हो। महामन्त्री पौडेलले कांग्रेसको विधान संशोधनसम्बन्धी विवरण, महाधिवेशनबाट पारित राजनीतिक दस्तावेज, समसामयिक राजनीतिक दस्तावेज र महाधिवे