काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो संस्करणको ११ औं खेलमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई १३० रनको विजय लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवी क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२९ रन बनाएको हो। चितवन राइनोजको लागि रवि बोपाराले सर्वाधिक ४९ रन बनाए। १८.१ ओभरमा स्कट केग्गुलिनको बलमा दिपेन्द्र सिंह ऐरीको हातमा उनी क्याच भए। उनले ४० बलमा ३ चौका र २ छक्का प्रहार गरेर पेभेलियन फर्किए। चितवनले पहिलो विकेटको रुपमा