पावरप्लेमा चितवनको २ विकेट पतन

  • सोमबार १७ कात्िक २०८३ ०६:०० PM
काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो संस्करणको ११औं खेलमा चितवन राइनोजको पावरप्लेमा २ विकेट पतन भएको छ। कीर्तिपुरस्थित त्रिवी क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले सुदूरपश्चिम रोयल्सविरुद्ध पावरप्लेमा २ विकेटको क्षतीमा ३९ रन बनाएको छ। चितवनले पहिलो विकेटको रूपमा ओपनर देव खनालको विकेट गुमायो। देवले ७ बलमा १ चौकासहित ७ रन बनाए। वान डाउन आएका अर्जुन साउदले १५ रन बनाएर स्टक केग्गुलिनको बलमा बोल्ड भए।  डेविड मलान १० र रवि बोपारा ५ रनमा अविजित खेलिरहेका छन