विराटनगरको बालसुधार गृहमा प्रहरीको सर्च, गाँजादेखि मोबाइलसम्म भेटियो

  • सोमबार १७ कात्िक २०८३ ०६:०० PM
विराटनगर : बालसुधार गृहभित्रै लागुऔषध गाँजा र प्रतिबन्धित मोबाइल फोन भेटिएपछि त्यहाँको सुरक्षा प्रबन्धमाथि गम्भीर प्रश्न उठेको छ। क्षमताभन्दा झन्डै चार गुणा बढी बालबिज्याइँकर्ता राखिएको सुधार गृहमा प्रहरीको निगरानी हुँदाहुँदै पनि निषेधित सामग्री भित्रिनुले सुरक्षा व्यवस्थाको प्रभावकारितामाथि शंका बढाएको हो। विराटनगर महानगरपालिका–३ स्थित बालसुधार गृहमा सोमबार प्रहरीले सञ्चालन गरेको सर्च अभियानका क्रममा गाँजाको सानो पोका, ६ थान मोबाइल फोन र सुर्तीजन्य सामग्री फेला परेका हुन्।जिल्ला प्रहरी का