अर्को देशमा राजदूत बनाएर पठाउने आश्वासनपछि जिज्ञानले फिर्ता लिए नाम

  • सोमबार १७ कात्िक २०८३ ११:२४ AM
काठमाण्डु- जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाले अर्को देशको राजदूत बनाउने आश्वासन पाएपछि जापानका लागि आफ्नो नाम फिर्ता लिएको खुलेको छ। सभामुख डोलप्रसाद अर्यालको कोटाबाट राजदूतमा सिफारिस भएका थापालाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वले अर्को देशका लागि राजदूत बनाउने आश्वासन दिएपछि उनले जापानको नियुक्ति प्रक्रिया छाड्न तयार भएको स्रोतको दाबी छ। थापाले सोमबार संसदीय सुनुवाइ