राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाडौं गोर्खाजका राशिद खानले अर्धशतक हिर्काएका छन् । उनले कर्णाली याक्सविरूद्ध ३२ बलमा २ छक्का र ३ चौकाको मद्दतमा पूरा गरेका हुन् । राशिद जारी एनपीएलमा अर्धशतक हिर्काउने सातौं खेलाडी समेत बनेका छन् । यसअघि जनकपुर बोल्ट्सका तृतराज दास अर्धशतक हिर्काउने छैटौं खेलाडी बनेका थिए । तृतले पोखरा एभेन्जर्सविरूद्धको