काठमाडौं : नेपाल भ्रमणमा रहेका स्विट्जरल्याण्ड नेशनल काउन्सिलका अध्यक्ष पिएरे आन्द्रे पाजले राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग शिष्टाचार भेटवार्ता गरेका छन्।सोमबार सिंहदरबारमा भएको भेटवार्तामा दुई देशबीचको आपसी हितका विषयमा छलफल भएको थियो। भेटवार्ताका क्रममा राष्ट्रिय सभा अध्यक्ष दाहालले स्विट्जरल्याण्डले नेपाललाई विकास साझेदारका रूपमा विभिन्न विपद् तथा विकास निर्माणका कार्यहरूमा गर्दै आएको सहयोगका लागि धन्यवाद व्यक्त गरे। साथै, आगामी दिनहरूमा पनि यो सहयोग निरन्तर रहने विश्वास व्यक्त