रासिद खानको अर्धशतक

  • सोमबार १७ कात्िक २०८३ ०५:०० PM
काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल) को तेस्रो संस्करणको १० औं खेलमा कर्णाली याक्सविरुद्ध काठमाडौं गोर्खाजका मिडलअर्डर ब्याटर रासिद खानले अर्धशतक पूरा गरेका छन्। त्रिवी क्रिकेट स्टेडियममा कर्णालीले दिएको १८१ रनको विजयी लक्ष्य पछ्याएको काठमाडौंको लागि रासिदले ३२ बलमा ३ चौका र२ छक्कासहित अर्धशतक पूरा गरेका छन्। अर्धशतक पूरा गरेको अर्को बलमा उनी क्याच आउट भए। उनलाई हुसैन तलातले पवन सर्राफको हातमा क्याच गराए।