काठमाडौं : जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाले आफ्नो नाम फिर्ता लिएका छन्। उनले संसदीय सुनुवाइ समितिलाई निवेदन पठाएर प्रस्तावित राजदूतबाट आफ्नो नाम फिर्ता लिएको जानकारी गराएका हुन्।जापानको पीआर लिएको आरोप उनीमाथि छ। यसअघि सुनुवाइ समितिले प्रस्तावित राजदूतमध्ये १० जनाको नाम अनुमोदन गरेको थियो भने दुई जनाको नाम अस्वीकृत गरेको थियो।प्रस्तावित राजदूत थापाको विषयमा भने समितिले कुनै निर्णय गरेको थिएन। सोमबार बसेको समितिको बैठकमा सांसदहरूले प्रस्तावित राजदूतले समितिभन्दा पनि सरकारलाई फिर