काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो संस्करणको दशौं खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराउँदै काठमाडौं गोर्खाजले पहिलो जित दर्ता गरेको छ। काठमाडौंसँग हार्दा कर्णालीको भने यो पहिलो हार हो। लगातार २ जित पछि कर्णाली आज पराजित भएको हो। कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८० रन बनाएको थियो।कर्णालीले दिएको १८१ रनको विजयी लक्ष्य पछ्याएको काठमाडौं गोर्खाजले १९.४ ओभरमा ६ विकेटको क्षतीमा लक्ष्य पूरा गर्यो।