भोटेकोशी बाढीप्रभावितका लागि स्थायी आवास निर्माण गर्न भौगोलिक अध्ययन हुँदै

  • सोमबार १७ कात्िक २०८३ ०५:०० PM
काठमाडौं : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढीप्रभावितहरूका लागि स्थायी आवास निर्माण गर्न भौगोलिक अध्ययन भइरहेको जनाएको छ।सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभाअन्तर्गतको हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठकमा प्राधिकरणका भूगर्भविद् डा. प्रकाश पोख्रेलले भोटेकोशी बाढीले पूर्ण रूपमा क्षति पुर्‍याएका स्याफ्रुबेँसी, बेत्रावतीदेखि त्रिशूलीसम्मका प्रभावितहरूलाई सोही क्षेत्र आसपासमा स्थ