राष्ट्रिय परिचयपत्र विवरण प्रमाणीकरण नभए पनि सार्वजनिक सेवा प्रवाह नरोकिने

  • सोमबार १७ कात्िक २०८३ ०५:०० PM
काठमाडौं : राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले राष्ट्रिय परिचयपत्रको विवरण प्रमाणीकरण नहुँदा समेत सार्वजनिक सेवा प्रवाह भइरहेको स्पष्ट पारेको छ। आज एक सूचना जारी गर्दै विभागले राहदानी, बैंक तथा वित्तीय सेवा र सवारी चालक अनुमतिपत्रलगायतका सेवा प्रवाहमा समस्या नहुने उल्लेख गरेको हो।राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नागरिकको विवरण प्रमाणीकरणमा ढिलाइ भए पनि सार्वजनिक सेवा नरोक्न सम्बन्धित निकायलाई विभागले आग्रह गरेको हो। विभागका अनुसार राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा नागरिकको व