काठमाण्डु– नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजले रोमाञ्चक जित निकाल्दै प्रतियोगितामा पहिलो सफलता हात पारेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा काठमान्डुले कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको हो । कर्णालीले दिएको १८१ रनको चुनौतीपूर्ण लक्ष्य काठमान्डुले खेल सकिन दुई बल बाँकी छँदै ६ विकेट गुमाएर पूरा गर्यो । यो जितसँगै