काठमाण्डु– अस्ट्रेलियाका पूर्वकप्तान तथा विस्फोटक ओपनर डेभिड वार्नरको एनपीएल डेब्युमै काठमान्डु गोर्खाजले जित निकालेको छ । एनपीएल अन्तर्गत सोमबार कर्णाली याक्सविरुद्धको खेलमा वार्नरले काठमान्डु गोर्खाजबाट डेब्यु गरेका हुन् । अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो छुट्टै पहिचान बनाएका वार्नरले डेब्यु खेलमा १० बलको सामना गर्दै १६ रन बनाए । वार्नरको आगमनले काठमान्डुको ब्याटिङलाई थप आकर्षण दिएको थियो ।