काठमाडौं । काठमाडौंको चाबहिलमा बसले मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालकको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा पर्वतको महाशिला गाउँपालिका-१ का सुमनप्रसाद अधिकारी रहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार आज बिहान काठमाडौं महानगरपालिका-७ स्थित चाबहिल ओरालोमा गोपीकृष्ण पुलबाट चाबहिल चोकतर्फ आउँदै गरेको बाप्र ०२-०५३-१८६४ नम्बरको मोटरसाइकललाई