काठमाडौँ : नेपाली कांग्रेसको संस्थापनइतर समूहले १५औं महाधिवेशनअन्तर्गत २२ कात्तिकसम्म सबै जिल्लाको अधिवेशन सक्नेगरी तयारी गरेको छ । उक्त समूहका नेता दिपकप्रसाद कुइँकेलका अनुसार हिजो आइतबारसम्म २५ जिल्लाको अधिवेशन सकिएको र आज सोमबार थप २५ जिल्लाको अधिवेशन जारी छ । ‘हामी धमाधम जिल्ला अधिवेशनहरु गरिरहेका छौं । कात्तिक १५ सम्म जिल्ला अधिवेशन सक्ने कार्यतालिका रहेपनि प्रतिकूल मौसमका कारण प्रभावित भएकाले २२ गतेसम्म सबै जिल्ला अधिवेशन सक्ने तयारीमा छौं,’ उनले भने । सबै जिल्ला अधिवेशन सकिएपछि मंसिर ४ गते सातै प्रदेशको अधिवेशन सम्पन्न गर्ने पनि उनले जानकारी दिए । इतर समूहले महाधिवेशन काठमाडौंको ... The post कांग्रेस देउवा समूहले कात्तिक २२ सम्म जिल्ला अधिवेशन सक्ने appeared first on Kalika Khabar.