काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो संस्करणको दशौं खेलमा कर्णाली याक्सविरुद्ध काठमाडौं गोर्खाजले पावरप्लेमा मध्यम सुरुवात गरेको छ। कीर्तिपुस्थित त्रिवी क्रिकेट मैदानमा कर्णाली याक्सले दिएको १८१ रनको विजयी लक्ष्य पछ्याएको काठमाडांै गोर्खाजले पावरप्लेमा २ विकेटको क्षतिमा ४१ रन बनाएको छ। पहिलो विकेटको रुपमा डेविड वार्नर १६ रन बनाएर पेभेलियन फर्किए। उनले १० बलमा ३ चौका प्रहार गरे। अर्का ओपनर स्मिथ पटेल ९ रनमा नन्दन यादवको बलमा बोल्ड भए। मोहम्मद आदिल आलम ४ र रासिद खान