काठमाडौं : नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वर्तमान सरकारका गतिविधिहरूले संविधानलाई कमजोर पार्ने काम गरेको बताएका छन्।प्रेस चौतारी नेपाल, रुपन्देहीले सोमबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महासचिव पोखरेलले वर्तमान सरकारका गतिविधिहरूले लोकतन्त्र, संविधान र राज्यका संवैधानिक अङ्गहरूलाई कमजोर पारिरहेको बताएका हुन्। उनले उच्च जिम्मेवार पदमा रहेका व्यक्तिहरू अत्यधिक संयमित र उत्तरदायी हुनुपर्नेमा, हाल कार्यकारी भूमिकामा रहेका व्यक्तिहरूको सामाजिक सञ्जालको गतिविधिले राज्यको