संसद बैठक आह्वान गर्न विपक्षीहरूकाे माग, सभामुखलाई पनि भेट्ने

  • सोमबार १७ कात्िक २०८३ ०९:२५ AM
काठमाण्डु– विपक्षी दलहरूले संसद बैठक बोलाउन माग राखेका छन्। आज सिंहदरबारमा बसेको विपक्षी दलको बैठकले यस्तो माग राखेका हुन्। सबै विपक्षी दलहरू सामेल भएको बैठकमा संसद बैठक बोलाउन माग राखिएको नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले जानकारी दिइन्। थापाका अनुसार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले विपक्षी दलहरूको बैठक बोलाएका थिए।