पहिरोले पाँच सातादेखि खत्याड–रारा सडक अवरुद्ध

  • सोमबार १७ कात्िक २०८३ ०३:०० PM
मुगु : मुगुको पश्चिमी क्षेत्रमा पर्ने खत्याड गाउँपालिकास्थित झुगला–रारा–गमगढी सडकखण्ड पाँच सातादेखि पहिरोका कारण अवरुद्ध हुँदा स्थानीयवासीले सास्ती खेप्नुपरेको छ ।खत्याड गाउँपालिका–८ नुवाखेतमा लगातार सुक्खा पहिरो खस्न थालेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको हो।सडक अवरुद्ध हुँदा खत्याड गाउँपालिकाका ११ वटै वडाका बासिन्दाको आवतजावत प्रभावित भएको छ। जिल्ला सदरमुकाम गमगढी, गाउँपालिका केन्द्र, इलाका प्रशासन कार्यालय, वडा कार्यालय तथा स्वास्थ्य संस्थामा सेवा लिन जाने नागरिकलाई समेत