काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको दशौं खेलमा कर्णाली याक्सले काठमाडौं गोर्खाजलाई १८१ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ। किर्तिपुरस्थित त्रिवी क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णाली याक्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८० रन बनाएको हो। कर्णालीका लागि ओपनर ब्याटर आरिफूल इस्लामले सर्वाधिक ४४ रन बनाए। उनले २२ बलमा ५ चौका र ३ छक्का प्रहार गरे। पहिलो विकेटको लागि आरिफूलले जिसन आलमसँग २० रनको मात्रै साझेदारी बनाउन सके। मार्क वाटले १७ रन बना