काठमाण्डु – अमेरिकामा मंगलबार मध्यावधि निर्वाचन हुँदैछ । राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको मध्यबिन्दुमा हुन लागेको यो निर्वाचनलाई उनको प्रशासनको कामको जनमत परीक्षणका रूपमा हेरिएको छ । निर्वाचनमा प्रतिनिधिसभाका सबै ४३५ सिट र सिनेटका १०० मध्ये ३५ सिटका लागि मतदान हुनेछ । यसका अतिरिक्त विभिन्न राज्यमा गभर्नर तथा स्थानीय पदका लागि पनि निर्वाचन हुँदैछ ।