काठमाडौंको कोटेश्वरस्थित सडकमा सार्वजनिक यातायातका साधनले अगाडि जाने(ओभरटेक) होडबाजीमा ट्राफिक नियम उल्लङ्घन गर्ने गरेको पाइएको छ । सडकमा आफ्नो लेन नै छाडेर अगाडि बढ्ने वा ओभरटेक गर्ने प्रतिस्पर्धाले सवारी आवागमनलाई अव्यवस्थित बनाएको छ । यात्रु चढाउने र ओराल्ने तथा अगाडि बढ्ने क्रममा सार्वजनिक यातायातका साधनले ट्राफिक नियम पालना नगर्दा ट्राफिक व्यवस्थापनमा समेत चुनौती थपिएको देखिन्छ