तीन दिनदेखि काठमाडौंमा जारी ‘काठमाडौं हरर फिल्म फेस्ट’ को दोस्रो संस्करण सम्पन्न भएको छ । नेपालसहित विभिन्न देशका हरर तथा विधागत फिल्मको प्रदर्शनमा दर्शकको उत्साहजनक सहभागिता देखिएको थियो । मोराद मुस्तफाद्वारा निर्देशित फिल्म ‘आयशा कान्ट फ्लाई अवे’ प्रदर्शनसँगै सम्पन्न भएको महोत्सवको समापन समारोहमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति ब्रजेश खनाल, नेपालस्थित रुसी दूतावासका मिनिस्टर