झन्डै तीन लाखको पटकासहित दुई भारतीय नागरिक पक्राउ

  • सोमबार १७ कात्िक २०८३ ०७:३५ AM
काठमाडौँ : चितवनमा करिब दुई लाख ८६ हजार रुपैयाँ मूल्य बराबरका विभिन्न किसिमका पटकासहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको मतियारी लक्ष्मीपुर लौखान-१६ घर भई चितवनको कालिका नगरपालिका-६, हरियार टोल पदमपुरमा डेरा गरी बस्ने ४१ वर्षीय सञ्जय शाह तेली र भारतको मतियारी पटझिलवा-८ घर भई भरतपुर महानगरपालिका-३, बाह्रघरेमा बस्दै आएका २९ वर्षीय राज जयसवाल रहेका छन् । नेपाल प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको टोलीले आइतबार दिउँसो तेलीको डेरा खानतलासी गर्दा करिब दुई लाख रुपैयाँ मूल्य बराबरका विभिन्न किसिमका पटका बरामद गरेको हो । त्यसैगरी, आइतबार साँझ जयसवालको ... The post झन्डै तीन लाखको पटकासहित दुई भारतीय नागरिक पक्राउ appeared first on Kalika Khabar.