तीन महिनामै वैदेशिक व्यापार घाटा साढे ५ खर्ब

  • सोमबार १७ कात्िक २०८३ ०२:०० PM
काठमाडौं  : चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिना (साउन, भदौ र असोज) मा नेपालले पाँच खर्बभन्दा बढीको व्यापार घाटा बेहोर्नु परेको छ। भन्सार विभागले हालै सार्वजनिक गरेकोे तथ्यांकअनुसार देशको कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४०.७१ प्रतिशतले बढेर ७ खर्ब ६१ अर्ब ७ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको पहिलो तीन महिनामा कुल वैदेशिक व्यापार ५ खर्ब ४० अर्ब ८६ करोड रुपैयाँ रहेको थियो। यद्यपि, वैदेशिक व्यापारको आकार बढे पनि देशको व्यापार घाटा भने ५ खर्ब ३२ अर्ब