काठमाडौं : सर्वोच्च अदालतको फुलकोर्ट बैठक जारी छ। प्रधानन्यायाधीश र केही न्यायाधीशको बिचौलियासँग भएको संवाद तथा आर्थिक चलखेलसम्बन्धी विवरण सार्वजनिक भएपछि न्यायालय विवादमा तानिएको छ। यसै विषयमा छलफल गर्न सर्वोच्चले फुलकोर्ट बैठक बोलाएको हो।बैठकमा प्रधानन्यायाधीशसहित बहालवाला न्यायाधीशहरू उपस्थित छन्। फुलकोट जारी रहँदा आजका लागि तोकिएको इजलासहरू प्रभावित भएका छन्। यसअघि शुक्रबार पनि फुलकोर्ट बैठक बसेको थियो। सामान्य छलफलपछि थप छलफलका लागि बैठक आजसम्मका लागि स्थगित गरिएको थियो।प्रधानन्यायाधीश