बालेनविरुद्ध निकालिएको भनिएको जुलुस दमकको नभएर धरानको

  • सोमबार १७ कात्िक २०८३ ०७:३९ AM
काठमाण्डु– प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) विरुद्ध ‘हाम्रो भोट फिर्ता दे’ भन्दै झापाको दमकमा मसाल जुलुस निकालिएको दाबीसहित सामाजिक सञ्जालमा फैलिएको भिडियो भ्रामक रहेको पाइएको छ। सामाजिक सञ्जालमा हालैका दिनको राजनीतिक विरोध प्रदर्शन भन्दै प्रचार गरिएको उक्त भिडियो पाँच महिनाअघि सुनसरीको धरानमा भएको सुकुम्वासी आन्दोलनको भएको खुलेको हो। झापा क्षेत्र नम्बर ५ बालेनको निर्वाचन क्षेत्र हो