काठमाण्डु- धनकुटाबाट निर्वाचित नेकपा एमालेका सांसद राजेन्द्रकुमार राईले गाँजा खेतीलाई नियमनसहित खुला गर्ने सर्वोच्च अदालतको परमादेशलाई ऐतिहासिक फैसला भन्दै स्वागत गरेका छन्। उनले औषधीय, वैज्ञानिक अनुसन्धान तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेती र उत्पादन गर्न आवश्यक नियमावली, मापदण्ड र कार्यविधि तीन महिनाभित्र बनाउन सरकारलाई सर्वोच्चले दिएको देशले नेपाली जनताको लामो समयदेखिको चाहना पूरा हुने विश्वास