एआई उत्कर्ष : भय कि भविष्य

  • सोमबार १७ कात्िक २०८३ १२:०० PM
केही दशक पहिलेसम्म विद्यालयस्तरीय वादविवाद प्रतियोगिता हुँदा अत्यधिक प्रयोग हुने वाक्यांश थियो– ‘अहिलेको युग भनेको विज्ञान र प्रविधिको युग हो।’ यसलाई अपभ्रंशित गर्दै केहीले ‘विज्ञापन’को युग हो पनि भन्थे। बिनाविज्ञापन विज्ञान पनि गुमनाम नै हुन्छ भन्ने उनीहरूको हाँसीमजाकवाला तर्क रहन्थ्यो। समयक्रममा आजसम्म आउँदा प्रविधिको विकास र विस्तारले मानव जीवन निक्कै सहज भयो। कल्पना नगरेका केही चामत्कारिक उपलब्धि पनि भए। सामान्य मानवीय कल्पनाको क्षितिजभन्दा धेरै परसम्म प्रविधिको